गोरखालाई विकासमा नमूना बनाउँछौँ : डा भट्टराई • Image Khabar Image Khabar


गोरखालाई विकासमा नमूना बनाउँछौँ : डा भट्टराई


Imagekhabar
२६ माघ २०७४, शुक्रबार १२:१५

गोरखालाई विकासमा नमूना बनाउँछौँ : डा भट्टराई

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको गोरखामा विकासका पूर्वाधार खडा गरेर नमूना जिल्ला बनाउने प्रण भट्टराईको छ ।

गोरखाको मानव सेवा आश्रमले गरेको स्वागत तथा सम्मान कार्यक्रममा शुक्रबार उनले स्थानीय, प्रदेश र केन्द्रीय तहमा निर्वाचित जनप्रतिनिधिहरु मिलेर गोरखा विकासमा साझा योजना बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । साथै मानव सेवा आश्रमलाई सांसद अवधि पाँच वर्षसम्म मासिक रु दुई हजारका दरले आर्थिक सहयोग गर्ने घोषणा पनि उनले गरे ।

आश्रमले बेसहारा, अपांग तथा अनाथलाई सडकबाट उद्धार गरी आश्रममा आवासीय सुविधा दिएर राखेको छ भने १८ जना बालबालिकालाई आवासीय सुविधा दिएर शिक्षा दिएको छ ।

यस्तै प्रदेश सांसद तथा नयाँ शक्तिका नेता हरिशरण आचार्यले पनि मासिक रु एक हजार आश्रमलाई सहयोग गर्ने बताए ।

आश्रमका संरक्षक डा. गोविन्द टण्डनले नेपाललाई मानवताको सहर बनाउने अभियान जारी रहेको जानकारी दिए । (रासस)

प्रतिक्रिया दिनुहोस्