
सोही अवसरमा काठमाडौंमा नेपाल विद्यार्थी संघले स्व. कोइरालाको सम्झनामा आयोजना गरेको कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले कोइरालाको तस्वीरमा माल्यापर्ण गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस युवा नेता प्रदीप पौडेलले सुशील कोइरालाबाट नेपालका राजनीतिकर्मीहरुले पाठ सिक्नुपर्ने बताए ।
कोइरालाजस्ता त्यागी नेता इतिहासमा बिरलै पाइने भन्दै पौडेलले ‘संविधान निर्माणमा उहाँले लिएको अडान स्वर्णअक्षरले लेखिएको छ’–भने ।
कार्यक्रममा कांग्रेस नेताहरु अर्जुननरसिंह केसी, चन्द्र भण्डारीलगायतले पनि स्व. कोइरालाको योगदानको चर्चा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्