प्रदेश–७ को सभामुखमा एमालेका थापा निर्विरोध निर्वाचित, को हुन् थापा ? • Image Khabar Image Khabar


प्रदेश–७ को सभामुखमा एमालेका थापा निर्विरोध निर्वाचित, को हुन् थापा ?


Imagekhabar
२७ माघ २०७४, शनिबार १६:२५

प्रदेश–७ को सभामुखमा एमालेका थापा निर्विरोध निर्वाचित, को हुन् थापा ?

बझाङबाट प्रदेशसभामा निर्वाचित थापाकोमात्रै सभामुख पदमा उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेश–७ को सभामुख चयनका लागि शनिबार मनोनयन दर्ताको समय तोकिएकोमा सो पदमा थापाबाहेक अरुको उम्मेदवारी परेन ।

सभामुखमा थापा निर्विरोध निर्वाचित भएको आधिकारिक घोषणा भने यही माघ २९ गते बस्ने प्रदेश–७ को प्रदेशसभा बैठकमा हुने जनाइएको छ ।

थापाको प्रस्तावकमा कैलाली क्षेत्र नम्बर–४ बाट निर्वाचित सांसद एवं एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारी र समर्थकमा माओवादी केन्द्रका प्रदेश संसदीय दलको नेता त्रिलोचन भट्ट रहेका थिए ।

सभामुखमा उम्मेदवारी दिएपछि थापाले दलहरुका मनोभावना बुझेर आफू अगाडि बढ्ने बताए । उनले संवैधानिक व्यवस्थाअनुसार आफ्नो पदको मर्यादा राख्दै सबै दलको साझा भएर बस्ने बताए ।

प्रदेश–७ प्रदेशसभा संसदमा एमालेका २५ र माओवादी केन्द्रका १४, नेपाली कांग्रेसका १२ र राजपा नेपालका दुईजना सांसद छन् ।

को हुन् अर्जुनबहादुर थापा ?
६२ वर्षीय थापा बझाङ क्षेत्र नम्बर–१ ‘क’बाट विजयी सांसद हुन् ।

२०३६ सालमा शिक्षक संगठनबाट राजनीतिमा प्रवेश गरेका थापा एमाले बझाङका अध्यक्षसमेत रहिसकेका छन् । उनी २०५६ को आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातक थापा २०५६ सालसम्म शिक्षण पेसामा आवद्ध थिए ।

उनले योपटक प्रदेशसभामा नेपाली कांग्रेसका अर्जुनचन्दा जोशीलाई पराजित गरेका थिए ।

प्रदेश–७ को सभामुखमा एमालेका थापा निर्विरोध निर्वाचित, को हुन् थापा ?

प्रतिक्रिया दिनुहोस्