४ असार २०८२, बुधबार | Wed Jun 18 2025


सिरियाले गोली हानेर खसाल्यो इजरेली लडाकू विमान


0
Shares

इजरेली सेनाकाअनुसार उत्तरी इजरेलमा दुईजना पाइलट भने विमानबाट हामफालेर प्यारासुटको मद्दतले अवतरण गर्न सफल भएका छन् । उनीहरुलाई अस्पताल लगिएको छ ।

एउटा इरानी ‘ड्रोन’ आफ्नो भूमिमा प्रहार गरिएपछि ‘एफ–१६’ नामक लडाकू विमानले आक्रमण गरिरहेको इजरेलले जनाएको छ । इजरेलले उक्त ड्रोनलाई रोकिदिएको थियो ।

इजरेलले आक्रमण गरेपछि सिरियाले गोली हानेको त्यहाँको सरकारी सन्चारमाध्यमले जनाएको छ । (एजेन्सी)