
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने तीन जनाबाहेक अरु ५६ जनाको नाम आयोगले राष्ट्रपति समक्ष पेश गरेको हो ।
राष्ट्रियसभाको निर्वाचनसँगै राजनीतिक दलले संघीय संसद्मा पुर्याउनुपर्ने ३३ प्रतिशत महिलाको कोटा निर्धारण भइसकेकाले निर्वाचन परिणाम बुझाउन समस्या नभएको आयोगको भनाइ छ ।
तीन जना मनोनयनको विषय राष्ट्रपतिको अधिकार रहेकाले आयोग त्यसमा प्रवेश नगर्ने प्रवक्ता नवराज ढकालको भनाइ छ ।
तीनजना मनोनयनका लागि भने सरकारले सिफारिस गरिसकेको छ ।
निर्वाचन आयोगले ढिलोमा फागुन ५ गतेभित्र प्रतिनिधिसभाको पनि अन्तिम निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउनेछ ।
दलहरुले समानुपातिकतर्फ निर्वाचित हुनेहरुको नाम भने भोलि साँझसम्म बुझाइसक्नुपर्नेछ ।
दलहरुले बुझाएका नाम कानुनी रुपमा ठीक भएमा सोमबार वा मंगलबारै अन्तिम परिणाम बुझाउने तयारी आयोगको छ ।
आयोगले प्रतिनिधिसभाका निर्वाचितहरुको अन्तिम परिणाम बुझाएसँगै नयाँ सरकार गठनको बाटो पनि खुल्नेछ ।
प्रतिक्रिया दिनुहोस्