
काठमाडौं, मंसिर १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका गतिविधिबारे उठेका प्रश्नलाई गम्भीररुपमा लिएको जनाएको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार एक विज्ञप्तिमार्फत् राजदूतकै सहयोगीले सो विषय सार्वजनिक गरेको साता दिन भइसक्दासमेत सरकारले चासो प्रकट गरी अनुसन्धान नथाल्नु र मौनता राख्नु दुःखद् भएको उल्लेख गरेका छन् ।
राजदूतकाबारेमा उठेका प्रश्नउपर तत्कालै सत्यतथ्य निरुपण गर्ने कर्तव्य सरकारको रहेको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले तत्कालै सो विषयमा आवश्यक छानबिन गर्न, छानबिनका लागि तत्काल परराष्ट्र मन्त्रालयमा उपस्थित गराउन र दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । रासस
प्रतिक्रिया दिनुहोस्