२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विकास बैंकहरु पनि ब्याज बढाउने तयारीमा


0
Shares

काठमाडौं, मंसिर १९ । वाणिज्य बैंकहरुले व्यक्तिगन निक्षेपमा धमाधम ब्याजदर बढाउन थालेसँगै विकास बैंकहरुले पनि ब्याज बढाउने तयारी गरेका छन् ।

बैंकर्स संघले आफुखुसी ब्याजदर नबढाउने सहमति खारेज गरेसँगै वाणिज्य बैंकहरुले निक्षेपको ब्याज बढाउँदै लगेका छन् ।

अहिले केही वाणिज्य बैंकहरुले ब्याज बढाएर १२ प्रतिशतसम्म पनि पुर्‍याइसकेका छन् ।

योसँगै विकास बैंकहरुले पनि ब्याजदर पुनर्विचार गर्ने तयारी गरेको बुझिएको छ । आफूहरुको निक्षेप सुरक्षित पार्न उनीहरुले ब्याज बढाउने तयारी गरेका हुन् ।