पृथ्वीसुब्बा गुरुङ प्रदेश–४ को मुख्यमन्त्री नियुक्त • Image Khabar Image Khabar


पृथ्वीसुब्बा गुरुङ प्रदेश–४ को मुख्यमन्त्री नियुक्त


Imagekhabar
२९ माघ २०७४, सोमबार १७:०७

पृथ्वीसुब्बा गुरुङ प्रदेश–४ को मुख्यमन्त्री नियुक्त

४ नम्बर प्रदेशका प्रमुख बाबुराम कुँवरले सोमबार गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

गुरुङ आइतबार एमाले ४ नम्बर संसदीय दलको नेतामा सर्वसम्मतरुपमा चयन भएका थिए । उनको शपथग्रहण आगामी फागुन २ गते हुने भएको छ ।

गुरुङलाई माओवादी केन्द्रको पनि समर्थन रहेको छ । लमजुङबाट प्रदेशसभामा निर्वाचित गुरुङ नेकपा एमालेका सचिवसमेत हुन् ।

मुख्यमन्त्रीकोरुपमा नियुक्त भएपछि पत्रकारसँग कुरा गर्दै गुरुङले पहिलो काम प्रदेशको कानुन निमाण गर्ने र आर्थिक समृद्धितर्फ लाग्ने बताए ।

मुख्यमन्त्री नियुक्त भएसँगै एमाले र माओवादी केन्द्रमा मन्त्री बन्नका लागि ‘लबिङ’ सुरु भएको छ ।

एमालेबाट किरण गुरुङ, कृष्ण थापा, विकास लम्साल, राजीव पहारी, मीनप्रसाद गुरुङ, नरदेवी पुन, इन्द्रकला सापकोटा, रोशन गाहामगरलगायत मन्त्री बन्ने चर्चामा छन् ।

यस्तै, माओवादी केन्द्रबाट रामजी बराल, दीपक कोइराला, चन्द्रबहादुर बूढालगायतको चर्चा चलेको छ ।

प्रतिक्रिया दिनुहोस्