‘बीआरले नेपाल, चीन र भारतबीचको व्यापारमा सन्तुलन कायम गर्ने’ • Image Khabar Image Khabar


‘बीआरले नेपाल, चीन र भारतबीचको व्यापारमा सन्तुलन कायम गर्ने’


Imagekhabar
२९ माघ २०७४, सोमबार २१:१०

‘बीआरले नेपाल, चीन र भारतबीचको व्यापारमा सन्तुलन कायम गर्ने’

सोमबार राजधानीमा नेपाल–चीन उद्योग वाणिज्य संघले गरेको गोष्ठीमा बीआरले नेपाल, चीन र भारतबीचको व्यापारमा सन्तुलन कायम गर्ने विज्ञहरुले बताएका हुन् ।

बीआरले नेपालको पूर्वाधारलाई रुपान्तरण गर्ने तथा चीनको लगानीलाई भित्र्याउने अपेक्षा विज्ञहरुको छ ।

विश्वमा फैलिरहेका चीनकोे आर्थिक विकासले नेपालको सार्वभौमसत्तालाई असर नगरी फैलने एवं यसबाट नेपालले पनि फाइदा लिनसक्ने विज्ञहरुको भनाइ छ ।

बीआरले नेपाललाई व्यापारका लागि भारत र चीनबीच ‘हव’ क्षेत्रकोरुपमा परिचित गराउने संघका अध्यक्ष राजेशकाजी श्रेष्ठको विश्वास छ ।

बीआरले नेपालमा बैंकिङ सेवा विस्तार, पर्यटकको वृद्धि, मेडिकल क्षेत्रको विकास र यातायात क्षेत्रको विस्तार हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्