Logo २ कार्तिक २०८२, आइतबार | Mon Oct 20 2025


भक्तपुरमा पसलबाट फर्किदैं गरेका बालकलाई बाघले लग्यो, जंगलमा शव फेला


39
Shares

सोमबार साँझ पसल गएर फर्किने क्रममा गुण्डु खहरे बस्ने सुनिल तामाङका ६ वर्षीय छोरा शिरीषलाई बाघले घिसारेर जंगलमा लगी खाएको प्रहरीले जनाएको छ ।

पसल गएका बालक एकाएक बेपत्ता भएपछि खोजी गर्दा स्थानीय बासिन्दा, प्रहरी, नेपाली सेनाको टोलीले राति साढे १० बजे बालकुमारी सामुदायिक वनमा बालकको शव फेला पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसार्इंले जानकारी दिए ।

बाघले बालकलाई आक्रमण गरी बेपत्ता पारेको आशंका गरी खोज्दा बाघले जंगलमा बालक खाएको अवस्थामा फेला परेको र मानिसको भीड देखेपछि बाघ भागेको हुन सक्ने प्रहरीको भनाइ छ ।

शव परीक्षणका लागि भक्तपुर अस्पतालमा राखिएको छ । बाघले बालक खाएको घटनापछि साँझ–बिहान हिँड्न स्थानीयवासी भयभीत भएका छन् । (रासस)