
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कान्छीआमाको निधन भएकाले शपथग्रहण सारिएको हो ।
बुधबार (भोलि) दिउँसो २ बजे हुने भनिएको शपथ दुई दिनपछि अब शुक्रबार बिहान १० बजे हुने प्रदेशप्रमुखको कार्यालय सचिव देवी ज्ञवालीले बताए ।
गुरुङलाई सोमबार प्रदेशप्रमुख बाबुराम कुँवरले मुख्यमन्त्रीकारुपमा नियुक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्