राजपाले समानुपातिक सूची सच्यायो • Image Khabar Image Khabar


राजपाले समानुपातिक सूची सच्यायो


Imagekhabar
१ फाल्गुन २०७४, मंगलवार १८:३८

राजपाले समानुपातिक सूची सच्यायो

सूचीअनुसार खस–आर्यमा रेणु शर्माको नाम हटाएर नरमाया ढकालको नाम पठाइएको राजपाका महासचिव मनीषकुमार सुमनले जानकारी दिए ।

राजपाले सोमबार रानी मण्डल, अमृता अग्रहरी, निर्जला राउत, रेणु शर्मा, चन्दा चौधरी र दुलारीदेवी खंगको नाम आयोगमा पठाएको थियो ।

आयोगले सोमबार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समावेशी समूहको प्राथमिकताक्रमलगायत आधारमा उम्मेदवार छनोट नभएकाले फागुन २ गते साँझ ५ बजेभित्र नामावली सच्याएर पेस गर्न पत्राचार गर्ने निर्णय गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्