१८ असार २०८२, बुधबार | Thu Jul 3 2025


दोस्रो बेसीसहर महोत्सवमा उत्साहजनक सहभागिता


0
Shares

‘हाम्रो नगर हाम्रो सहर, स्वच्छ सफा र सुरक्षित बेसीसहर’ भन्ने नाराका साथ सोमबारदेखि सुरु भएको महोत्सवले पर्यटन तथा कृषिको प्रबद्र्धन, लमजुङको कला–संस्कृतिको संरक्षण र सम्बद्र्धनमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ ।

महोत्सवमा १६५ व्यावसायिक, होटल, कृषि पशु, घरेलुसमेत गरी १८३ ओटा स्टल राखिएको छ ।

महोत्सवले जिल्लामा व्यापार–व्यवसाय अभिवृद्धि गर्न, स्थानीय सीप र प्रविधिको प्रबद्र्धन गर्न तथा जिल्लाबाहिरका लगानीकर्तालाई आकर्षित गर्न सहयोग पुग्ने लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए ।

महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला, कृषि तथा जडिबुटी, फोटो तथा वृत्तचित्र प्रदर्शनी, परम्परागत खाना महोत्सव, पुस्तक तथा पुष्प प्रदर्शनीलगायतका कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।

महोत्सव आगामी फागुन ८ गतेसम्म चल्नेछ ।