२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘कालिमाटी तरकारी बजारलाई प्रादेशिक बजारमा विस्तार गरिने’


0
Shares

मंगलबार राजधानीमा आयोजित फलफूल तथा तरकारी बजार विकास समितिको २४औं वार्षिकोत्सवमा मन्त्रालयका सहसचिव काशिराज दाहालले कालिमाटी फलफूल तथा तरकारी बजारलाई प्रादेशिक संरचनाअनुसार झापा, विराटनगर, बुटवल र धनुषामा निर्माण गरिने जानकारी गराए ।

चोभार फलफूल तथा पुष्प बजारको निर्माण निर्धारित् समयमै सम्पन्न हुने पनि उनले बताए ।

व्यवसायीले तरकारीको मूल्य बढाएर कृत्रिम संकट पैदा भएको उपभोक्ताले गुनासो गर्दै आएका छन् । व्यापारीले तरकारीको भाउ मनोमानी ढंगले तोक्दा मूल्यवृद्धि भएको समितिले जनाएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा ४५ प्रतिशत तरकारी भारतबाट भित्र्याएको समितिले जनाएको छ ।