
संघीय समाजवादी फोरम नेपालको प्रदेश २ का संसदीय दलका नेता राउतलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
राष्ट्रिय जनता पार्टी नेपालको समर्थनमा राउतले हिजो मात्रै मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए ।
१०७ सदस्यीय प्रदेशसभामा फोरमका २९ र राजपाका २५ गरी ५४ सांसद छन् ।
दुई दलको स्पष्ट बहुमतसहितका दाबी परेपछि प्रदेश प्रमुख कायस्थले राउतलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री राउतको सपथ भने भोली हुने तय भएको छ । मुख्यमन्त्रीको सपथग्रहण कार्यक्रममा फोरम र राजपाका शीर्ष नेतासमेत सहभागी हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्