एमाले र माओवादी केन्द्रको छुट्टाछुट्टै बैठक • Image Khabar Image Khabar


एमाले र माओवादी केन्द्रको छुट्टाछुट्टै बैठक


Imagekhabar
२ फाल्गुन २०७४, बुधबार १५:४४

एमाले र माओवादी केन्द्रको छुट्टाछुट्टै बैठक

काठमाडौं, फागुन २ । पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आन्तरिक गृहकार्यलाई निर्णायक बनाएका छन् ।

बुधबार (आज) बस्ने पार्टी एकता संयोजन समितिको बैठकपूर्व दुवै पार्टीको छुट्टाछुट्टै स्थायी कमिटी र केन्द्रीय कार्यालय बैठक चलिरहेको छ ।

ललितपुरको मानभवनस्थित एक निजी घरमा एमाले स्थायी कमिटीको बैठक बसिरहेको सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

पार्टी एकतालाई अन्तिम रुप दिन बुधबारै बिहान माओवादी केन्द्रको वरिष्ठ नेताको अनौपचारिक बैठक बसेको बुझिएको छ ।

आन्तरिक छलफल चलिरहेकाले दिउँसो २ बजेका लागि तय गरिएको एकता संयोजन समितिको बैठक केही समय पछि सरेको छ ।

दुवै पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअघि गरेको सहमतिबमोजिम एकता प्रक्रिया निष्कर्षमा पुग्न लागेको हो । यी दुई दलले पार्टी एकतासँगै नयाँ सरकार गठनको प्रक्रियालाई पनि सँगै अगाडि बढाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्