१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


नेप्से ८ अंकले उक्लियो


0
Shares

काठमाडौं, फागुन २ । बुधबार सेयरबजार परिसूचक नेप्सेमा सुधार आयो ।

यसदिन नेप्से साढे ८ अंकले बढेर १३ सय ८८ विन्दु कायम भयो । यसदिन कारोबार भएका अधिकांश समूहमा सुधार आएसँगै नेप्से सामान्य बढेको हो ।

बिमा समूह सबैभन्दा उच्च १२१ अंकले उक्लियो । यस्तै, लघुवित्त समूह २० अंकले बढ्यो भने जलविद्युत्, होटल समूहमा पनि दोहोरो अंकको सुधार भयो ।

उत्पादनमूलक समूह ५ अंकले घट्दा वाणिज्य बैंक समूहमा पाँचै अंकको सुधार आयो ।

यसदिन कारोबार परिमाणमा पनि सुधार आयो । १५५ कम्पनीका ९ लाख ३१ हजार कित्ता सेयर ३८ करोड ६४ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।