
काठमाडौं, फागुन २ । बुधबार सुनको मूल्य पुनः उकालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले उकालो लागेर तोलाको ५७ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य मंगलबार तोलाको ५७ हजारमा स्थीर रहेको थियो ।
बुधबार चाँदीको भाउ भने तोलाको ७४० रुपैयाँमा स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुनप्रति औंस १३ सय ३२ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्