१०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादनका लागि चिनियाँ कम्पनीलाई स्वीकृति • Image Khabar Image Khabar


१०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादनका लागि चिनियाँ कम्पनीलाई स्वीकृति


Imagekhabar
३ फाल्गुन २०७४, बिहीबार १५:२९

१०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादनका लागि चिनियाँ कम्पनीलाई स्वीकृति

काठमाडौं, फागुन ३ । उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा रु २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ ।

औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा १८ बमोजिम मन्त्रालयमा सोमबार बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको २२४औं बैठकले चीनको हाइड्रो चाइना कर्पोरेसनलाई सो जलविद्युत् उत्पादनका लागि स्वीकृति प्रदान गरेको हो ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ को दफा ३ को उपदफा ३ अनुसार साविक रसुवाको स्याफ्रु, गुल्जुङ र गेल्टाङ गाविसमा पर्ने त्रिशूलीमा जलविद्युत् उत्पादनका लागि विदेशी लगानी माग भएकामा उक्त कम्पनीको प्रस्ताव स्वीकृत गरिएको उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्