
काठमाडौं, फागुन ३ । मुलुकमा नयाँ प्रधानमन्त्री नियुक्तिसँगै सेयरबजारका लगानीकर्ता उत्साहित देखिए ।
पछिल्ला दिन वियरिष ट्रेन्डमा रहँदै आएको सेयरबजारमा बुधबार सामान्य सुधार आएको थियो भने साताको अन्तिम दिन विहीबार उच्च वृद्धि नै भयोे ।
यसदिन बजार परिसूचक नेप्से ३६ अंक अर्थात् ३ प्रतिशत बराबरले उकालो लागेर १४ सय २४ पुग्यो ।
कारोबारमा पनि सुधार आयो । कारोबार भएका सबै समूह हरियो रहे । बिमा समूहमा सबैभन्दा उच्च २ सय १३ अंकको वृद्धि आयो । लघुवित्त समूहमा ६२ अंक, विकास बैंक समूह ५५ अंक, उत्पादनमूलक समूह ५० अंक अनि जलविद्युत् समूहमा पनि ४९ अंकको वृद्धि आयो ।
वाणिज्य बैंक समूह ३१ अंक र होटल समूह पनि २२ अंकले उकालो लागे । वित्त समूहमा पनि दोहोरो अंकको सुधार आयो भने अरु समूह सामान्य अंकले सकारात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६५ कम्पनीका १४ लाख ८५ हजार कित्ता बराबर सेयर ६५ करोड ३४ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्