
काठमाडौं, फागुन ३ । बर्जर पेन्ट्स नेपालले ललितपुरको गोदावरीस्थित बुरुञ्चली गाउँका भूकम्पबाट क्षतिग्रस्त ४९ घरमा रङरोगन गर्न रोटरी क्लब अफ जावलाखेल मञ्जुश्रीलाई सहयोग गरेको छ ।
वि.सं. २०७२ सालको भूकम्पमा क्षतिग्रस्त यहाँका घर पुनःनिर्माणमा सहयोग गरेको क्लबलाई बर्जरले आवश्यक रङ निःशुल्क उपलब्ध गराएको हो ।
कम्पनीले आफ्नो संस्थागत उत्तरदायित्वअन्तर्गत् सहयोग गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्