
काठमाडौं, फागुन ३ । जोय पपया सनको ब्रान्ड एम्बेसडरमा नायिका अदिती बुढाथोकी नियुक्त भएकी छन् ।
जोय कम्पनीको उत्पादन जोय पपया सन डेली नरिसिङ सनस्क्रिन क्रिमले मोडल तथा नायिका अदिती बुढाथोकीलाई ब्रान्ड एम्बेसडर घोषणा गरेको हो ।
नेपालका लागि जोय कम्पनीको अधिकृत विक्रेता एम एस इन्टरप्राइजेजले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ब्रान्ड एम्बेसडर घोषणा गरेको हो ।
इन्टरप्राइजेजका डिरेक्टर मनिकर्ण केसीले यसबाट आफ्ना उत्पादनको थप बजार प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्