१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


साथीको हत्या गरी खाल्डोमा पुरेको रहस्य खुल्यो


0
Shares

सुनसरी, मंसिर १८ । धरान उपमहानगरपालिका–१७ उदयटोलका १७ वर्षीय आशिष ठटालको हत्याको आरोपमा प्रहरीले सोही ठाउँका २८ वर्षीय कोमल गुरुङसहित ६ जनालाई पक्राउ गरेको छ ।

गत मंसिर ७ गते स्थानीय सामुदायिक जंगलमा आशिषसहित उनका साथीहरु सिकार खेल्न गएका र आशिष घर नफर्केपछि मंसिर १६ गते इलाका प्रहरी कार्यालय धरानमा जानकारी गराएका थिए ।

प्रहरीले सिकार खेल्न गएका कोमलसहित ६ जनालाई सोमबार नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरुले आशिषको हत्या गरी खाल्डोमा पुरेको रहस्य खुलेको सुनसरीका प्रहरी नायव उपरीक्षक सुमनकुमार तिमिल्सिनाले जानकारी दिए ।