Logo ७ कार्तिक २०८२, शुक्रबार | Fri Oct 24 2025


नेपालकै सबैभन्दा गहिरो शे–फोक्सुण्डो तालको गहिराइ पुनः मापन हुने


0
Shares

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पर्ने ६५० मिटर गहिरो उक्त तालको गहिराइ पुनःमापन गरिने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

उक्त तालको गहिराइ मापन पहिलो पटक २०३६ सालमा भएको भनिएता पनि हाल यसको तथ्यांक कतै भेटिएको छैन ।

सन् २००४ मा ब्याथीमेट्रिक सर्वे विधिबाट वैज्ञानिक अध्ययन गर्दा उक्त तालको जम्मा गहिराई १२५ मिटरमात्र भएको तथ्यांक जल तथा मौसम विज्ञान विभागमा पेश गरिएपछि नेपालको गहिरो ताल नभएको भनेर विवादमा आएको थियो ।

दुर्गम जिल्लाका सर्वसाधारणलाई जानकारी नै नदिई छलकपट गरी विभागका कर्मचारीको मिलेमतोमा तालको गहिराइ मापन गरी नेपालको गहिरो ताल नभएको भनेर प्रचार गरिएको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् । (रासस)