पशुपतिनगरमा अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या • Image Khabar Image Khabar


पशुपतिनगरमा अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या


Imagekhabar
४ फाल्गुन २०७४, शुक्रबार ११:३९

पशुपतिनगरमा अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या

भारतको सिमाना इलामस्थित मूख्य नाका पशुपतिनगरमा पर्यटकले लिनुपर्ने पर्यटक अनुमतिपत्र त्यहाँबाट प्रदान नगरिँदा पर्यटकलाई समस्या भएको हो । यो नाकाहुँदै बंगालादेशसहितका देशबाट नेपाल भित्रिने पर्यटकलाई अनुमति लिन झापाको काकरभिट्टा पुग्नुपर्ने बाध्यता छ ।

पशुपतिनगर नाकामा अध्यागमन केन्द्र नहुँदा नेपाली र भारतीय पर्यटन ब्यवसायीलाई समस्या भएको उनीहरु बताउँछन् । भारतको सिलिगुडी, दार्जिलिङलगायतबाट पशुपतिनगर हुँदै इलामको पूर्वी क्षेत्र भित्रने पर्यटकले सानो कामका लागि पनि झापाको काकरभिट्टा नै जानुपर्ने बाध्यता छ ।

केही पर्यटक समस्या बुझेपछि पशुपतिनगरबाट इलाम नै नछिरी फर्किने गरेका छन् । नेताहरुले पशुपतिनगरमा अध्यागमन केन्द्र स्थापना गर्ने भनेर चुनावी नारा बनाएर भोट पनि माग्ने गरेका छन् । तर अहिलेसम्म केन्द्र स्थापनाका लागि पहल हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्