
मेलामा घरेलु तथा साना उद्योग सञ्चालन गरिरहेका महिला उद्यमीले उत्पादन गरेका सामाग्री प्रदर्शनमा राखिएका छन् । प्रदर्शनीमा केराको रेसाबाट बनाइएका वस्तु, अलैंचीको रेसाबाट बनाइएको वस्तु, गरगहनालगायत हाते कागजका सामाग्री राखिएका छन् ।
तीन दिनसम्म चल्ने मेलाको उद्देश्य आन्तरिक बजारको विकास तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने रहेको आयोजकहरुले जनाएका छन् ।
मेलाको उद्घाटन काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले गरिन् ।
प्रतिक्रिया दिनुहोस्