२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


प्रदेश–६ का मुख्यमन्त्री शाही को हुन् ?


0
Shares

माओवादीका पूर्वलडाकू कमान्डरसमेत रहेका शाही बौद्धिक नेताकारुपमा परिचित छन् ।

निर्वाचित सांसद शाही नेकपा माओवादी केन्द्रभित्र इमान्दार नेताकोरुपमा पनि परिचित छन् ।

वि.सं. २०३३ साल माघ १५ गते कालिकोटको पचालझरना गाउँपालिकामा जन्मिएका शाहीले २०४८ सालबाट नेकपा मसाल एकता केन्द्रबाट राजनीति यात्रा सुरु गरेका हुन् ।

तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सुरु गरेको सशस्त्र विद्रोहसँगै उनी भूमिगत भएर जनयुद्धमा लागेका थिए ।

शाहीको कालिकोटमा युद्धकालमा माओवादी संगठन विस्तारमा ठूलो योगदान थियो । वडा कमान्डर हुँदै डिभिजन कमान्डरसम्मको नेतृत्व गरेका शाहीले शान्ति–प्रक्रियापछि नेपाली सेनामा समायोजनका बेलामा सम्मानजनक पद नपाएपछि मूलधारको राजनीतिमा आएका हुन् ।

शाही वि.सं. २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कालिकोट–१ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

नेतृत्व गर्नदेखि लड्नसम्म दोहोरो भूमिकाको निर्वाह गरेका शाहीले व्यवस्थापिका संसदमा पनि अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोगको प्रस्ताव लगेर निकै चर्चा बटुलेका थिए ।

पछिल्लो समय शेरबहादुर देउवा नेतृत्वको सरकारमा ऊर्जामन्त्रीको जिम्मेवारी सम्हालेका शाही उद्योग–कलकारखानामा लोडसेडिङ अन्त्य गर्ने भनी जनताकासामु लोकप्रिय बने ।

एसएलसीसम्मको औपचारिक अध्ययन गरेका शाही हाल नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यसमेत छन् ।