२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


मध्यरातमा काठमाडौंको लगनटोलमा यसरी भयो आगलागी, एक जनाको मृत्यु (भिडियो)


0
Shares

काठमाडौं महानगरपालिका वडा नं. २१ लगनटोलस्थित अमृत रञ्जितको घरमा आगो लागेको हो ।

आगलागीमा परेर सोही घरमा डेरा गरी बस्ने ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनामा प्रविण श्रेष्ठ घाइते भएका छन् । उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ ।

मध्यराति रञ्जितको घरमा आगलागी भएपछि काठमाडौं, ललितपुर र भक्तपुरका दमकल तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आज बिहान मात्र आगो नियन्त्रणमा लिइएको छ ।

आगलागीबाट रञ्जितको घरका दुई वटा ग्यासका सिलिन्डर विस्फोट भएपछि नजिकैको अष्टनारायण महर्जन र सरोज शाक्यको घरमा समेत आगोले क्षति पुर्‍याएको छ ।

हिटरबाट आगो सल्किएको आशंका गरिए पनि घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

(भिडियो)