१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


आपराधिक घटनाको सूचना पाए तत्काल खबर गर्नु : नेपाल प्रहरी


0
Shares

काठमाडौं, फागुन ५ । महानगरीय प्रहरी वृत्त लैनचौर तथा सामुदायिक प्रहरी सेवा केन्द्रले आपराधिक घटनाको सूचना पाए तत्काल प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

काठमाडौं महानगरपालिका वडा नं. १६ का जनप्रतिनिधिहरुसँग छलफल गर्दै प्रहरी वृत्त लैनचौर र सामुदायिक प्रहरी सेवा केन्द्रले आफ्नो टोल छिमेकमा कुनै आपराधिक गतिविधिको सूचना पाएमा वा शंकास्पद गतिविधि देखिएमा तत्काल खबर गर्न आग्रह गरेका हुन् ।

प्रहरीले लामो समयसम्म घरबाहिर जानुपर्ने अवस्था आएमा पनि प्रहरीलाई त्यसको जानकारी दिन आग्रह गरेको छ ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले जनताको सुरक्षा गर्नु प्रहरीको कर्तब्य भएकाले आफूहरु कुनै राजनीतिक प्रभावमा नपरी काम गर्ने बताए ।

उनले मातहतका प्रहरी अधिकारीहरुलाई समेत प्रभावमा नपरी काम गर्न निर्देशन दिए ।

समाजसँग मिलेरै प्रहरीले काम गर्ने भएकाले जनप्रतिनिधिहरुलाई पनि अपराध नियन्त्रणका काममा सहयोग गर्न अपील गरे ।