प्राचिन तिलौराकोटमा बंगलादेशी राजदुतले गरे अवलोकन • Image Khabar Image Khabar


प्राचिन तिलौराकोटमा बंगलादेशी राजदुतले गरे अवलोकन


Imagekhabar
५ फाल्गुन २०७४, शनिबार १२:१५

प्राचिन तिलौराकोटमा बंगलादेशी राजदुतले गरे अवलोकन

-बासुदेव बर्मा/ईमेज:

कपिलबस्तु, फागुन ५ । कपिलबस्तुको प्राचिन तिलौराकोट दरवारमा नेपालका लागी बंगलादेशका राजदुत मास्फी बिन्दे फास्मले भ्रमण तथा अवलोकन गरेका छन् ।

राजदुत मास्फीसहितको ११ सदस्यीय टोलीले भगवान गौतम बुद्धले २९ बर्ष जीवन ब्यतित गरेको प्रवित्र स्थल तिलौराकोटको भ्रमण गरेको हो ।

तिलौराकोटलाई बिश्व सम्पदा सुचीमा सुचिकृत गर्नका लागी भइरहेको उत्खनन् तथा अन्वेशषणको समेत चांसोका साथ अवलोकन गरेको छ ।

कपिलबस्तुका पुरातात्विक स्थलहरुको संरक्षण तथा प्रवद्र्धनका लागी बगंलादेश सरकारले बिशेष सहयोग गर्ने राजदुत मास्फीले गरेको लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीले बताएका छन् ।

तिलौराकोटमा भइरहेको उत्खनन्को बिषयमा पढेको र सुनेकोले चांसोका साथ यहा आएको राजदुत मास्फीले बताए ।

तिलौराकोटमा भइरहेको उत्खनन् तथा अन्वेशषणको बारेमा लुम्बिनी बिकास कोषको सम्पर्क कार्यालय तिलौराकोटका प्रमुख माधव प्रसाद आचार्यले बताए ।

भ्रमणमा आएका राजदुत सहितको टोलीलाई लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवाली सहित पुरातात्विक अधिकृतहरु हिमाल उप्रेती, कृष्ण केसी, धु्रवनारायण पाण्डे, राम कुवंर लगायतको टोलीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्