
कैलालाी, फागुन ५ । प्रदेश नम्बर ७ को एमाले संसदीय दलको नेतामा प्रकाश शाह निर्विरोध निर्वाचित भएका छन् ।
एमाले उपाध्यक्ष तथा प्रदेश संयोजक भीम रावलको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले बैकल्पिक केन्द्रीय सदस्य तथा बाजुराबाट प्रदेशसभामा निर्वाचित शाहलाई संसदीय दलको नेतामा निर्विरोध चुनेको हो ।
संसदीय दल नेताका लागि शाहसगै दीर्घ सोराडी, पठानसिंह बोहरा र लिलाधर भट्ट आकांक्षी थिए । यस्तै प्रदेश नम्बर ७ को उपसभामुख माओवादी केन्द्रकी निर्मला जोशी हुनेछिन् ।
माओवादी केन्द्रका प्रदेश ७ का ईन्चार्ज लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकले दार्चुलाकी प्रदेशसभा सदस्य जोशीलाई उपसभामुख बनाउने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्