२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘शिक्षामा हुने र नहुनेबीच समान पहुँच होस’


0
Shares

काठमाडौं, फागुन ५ । शिक्षा पत्रकार समूहले सार्वजनीक शिक्षाका लागि विशेष योगदान गर्नेहरुलाई सम्मान गरेको छ ।

समूहको १८ औं वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।

शिक्षा पत्रकार समूहले त्रिवेणी आधारभूत विद्यालय रुपन्देहीका प्रधानाअध्यापक मथुरा यादव र कमला माध्यमिक विद्यालय सिन्धुलीका प्रधानाध्यापक देवी खड्कालाई सम्मान गरेको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता गगन थापाले हुने र नहुनेबीच शिक्षामा समान पहुँच हुनुपर्नेमा जोड दिए ।

उनले जस्तोसुकै परिस्थितिमा पनि विद्यालयमा निर्वाध एवं भयरहित वातावरणमा पठनपाठन गराउनु राज्यको प्रमुख दायित्व रहेको बताए ।

कार्यक्रममा सहभागी शिक्षाविदहरुले दूरदराजका विद्यालयहरुले शैक्षिक सामाग्री, पूर्वाधारदेखि शिक्षकको अभावसम्मको वातावरण भोग्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसंग आग्रह गरेका थिए ।