
टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली यातायातको ना४ख ८६३६ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा परी दुई दर्जन बढी घाइते भएको इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए ।
उनकाअनुसार घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ ।
दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्