
शनिबार एमाले मुख्यालय धुम्बाराहीमा गरिएको कार्यक्रममा भ्रातृसंस्थाहरु अखिल नेपाल महिला संघ, अनेरास्ववियु, विभिन्न इकाइ कमिटी, जनसम्पर्क कमिटीलगायतले बधाइ तथा शुभकामना दिएका हुन् ।
शुभकामना तथा बधाइ ग्रहणपछि छोटो प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले सबै कुरा सकारात्मक दिशातिर अघि बढिरहेको बताए ।
ओली गत बिहीबार दोस्रोपटक प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्