
सभामुख राजबहादुर शाहीले अध्यक्षतामा शनिबार सुर्खेतमा बसेको पहिलो बैठकले उपसभामुखमा माओवादी केन्द्रका सांसद पुष्पा घर्ती विष्टलाई निर्विरोध निर्वाचित गरेको छ ।
सांसद धर्मराज रेग्मीले उपसभामुख पदमा निर्वाचित गरियोस् भनी गरेको प्रस्तावको सांसद मीना रखालले समर्थन गरेकी थिइन् । उपसभामुख घर्तीले शनिबारै पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सन्चालन गर्न पाँचजना सदस्यलाई मनोनीत पनि गरिएको छ ।
सभामुख शाहीले सांसद गणेशप्रसाद सिंह, दिनबन्धु श्रेष्ठ, पदमबहादुर रोकाय, राजु नेपाली र शुशीला शाहीलाई मनोनीत गरेकोमा सभाले अनुमोदन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्