प्रदेश ४ र ५ का उपसभामुखमा एमालेका उम्मेदवार विजयी • Image Khabar Image Khabar


प्रदेश ४ र ५ का उपसभामुखमा एमालेका उम्मेदवार विजयी


Imagekhabar
६ फाल्गुन २०७४, आईतवार १७:५०

प्रदेश ४ र ५ का उपसभामुखमा एमालेका उम्मेदवार विजयी

प्रदेश–५ को उपसभामुखमा निर्वाचित भएपछि कृष्णी थारु प्रदेशसभा सदस्यबाट बधाइ ग्रहण गर्दै । तस्वीर: रासस

प्रदेश नम्बर ४ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना शर्मा निर्वाचित भएकी छन् । पोखरामा आइतबार भएको मतदानमा उनी ३८ मत ल्याएर निर्वाचित भएकी हुन् ।

उपसभामुखकी अर्की उम्मेदवार नेपाली कांग्रेसकी मनकुमारी गुरुङले १८ मत प्राप्त गरिन् । प्रदेश नम्बर ४ को सभामुखमा भने माओवादी केन्द्रका नेत्रनाथ अधिकारी चयन भइसकेका छन् ।

यसैगरी प्रदेश नम्बर ५ को उपसभामुखमा पनि नेकपा एमालेकी कृष्णी थारु निर्वाचित भएकी छन् । नेपाली कांग्रेसकी रिना नेपाल विश्वकर्मालाई पराजित गर्दै थारु उपसभामुखमा निर्वाचित भएकी हुन् ।

वाम गठबन्धनकी उम्मेदवार थारुले ६६ मत प्राप्त गरिन् भने पराजित विश्वकर्माले १९ मतमात्र प्राप्त गरिन् ।

वाम गठबन्धनकी उम्मेदवार थारुलाई संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाका सांसदले समेत मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्