‘स्नो मञ्जुश्री विद्यालय’को चौथो बार्षिकोत्सव • Image Khabar Image Khabar


‘स्नो मञ्जुश्री विद्यालय’को चौथो बार्षिकोत्सव


Imagekhabar
६ फाल्गुन २०७४, आईतवार १८:१६

‘स्नो मञ्जुश्री विद्यालय’को चौथो बार्षिकोत्सव

काठमाडौको स्वयम्भुमा रहेको विद्यालयले आर्थिक अभाव भइ पढ्न नपाएका विद्यार्थीहरुलाई अध्यापन गराउँदै आएको छ ।

समाजसेवी सोनाम घ्याल्चे घलेले स्थापना गरेको विद्यालयमा हाल कक्षा ५ सम्म ९० विद्यार्थी अध्ययनरत छन् । मञ्जुश्री विद्यालय सुरु गर्दा १२ जना विद्यार्थी थिए ।

वार्षिकोत्सव कार्यक्रममा कांग्रेसका नेता एवं पूर्वमन्त्री टेकबहादुर गुरुङले असहाय बालबालिकाका लागि सुरु गरिएको शिक्षाको अभियान सकारात्मक भएको भन्दै जस्तोसुकै सहयोग गर्न पनि आफु तयार रहेको बताए ।

त्यस्तै विद्यालयका निर्देशक सोनाम घ्याल्चे घलेले आफुले अन्य संस्थाहरुसँग सहयोग माग्दै विद्यालय सञ्चालन गरिरहेको बताए । उनले आगामी दिनमा बाल्यकाल अन्धकार भएका बालबालिकालाई विद्यालयले शिक्षाको उज्यालो ज्योति दिने कामलाई निरन्तरता दिने उल्लेख गरे ।

मनाङ जिल्लाको नार्फू गाउँपालिकामा जन्मिएका र हुर्किएका सोनाम घ्याल्चे घले (लामा डोन्डुप) ले गाउँमा अभाव नभोगे पनि देखेका थिए । पढ्ने उमेरका बालकालिका श्रम गर्न बाध्य भएका देखेका उनी तिनै कलिला बालबालिकाको भविष्य उज्याउने बनाउने अभियानामा जुटेका छन् ।

सोनामले आफ्ना नजिकका र साथीभाइसँग सहयोग मागेर स्कुल चलाइरहेका छन् । विद्यालय सञ्चालनका लागि कर्मा घले, टेकबहादुर गुरुङ, बोघाङचाम रिम्पोेचे लगायतले सहयोग गरेका छन् ।

कार्यक्रममा सांस्कृतिक कार्यक्रम लगायत खेलकुदसमेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्