
प्रदेश नम्बर २ को सुरक्षा समितिको आइतबार बसेको बैठकमा मुख्यमन्त्री राउतले सुरक्षाको प्रत्याभूति दिने गरी काम गर्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए ।
उनले प्रजातन्त्र दिवसका दिन सुरक्षा चुनौती आउन सक्ने भन्दै सम्बन्धित निकायलाई प्रभावकारी रुपमा काम गर्न सुझाव दिए ।
बैठकले सोमबार मनाइने प्रजातन्त्र दिवसलाई केन्द्रीय निर्देशनअनुसार प्रदेशमा समेत भव्य बनाउने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्