१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


गोरखा जाँदै गरेको बस चितवनको दासढुङ्गामा दुर्घटना, २३ जना घाइते


0
Shares

नारायणगढबाट गोरखा जाँदै गरेको ग१ख ४०२१ नम्वरको बस दुर्घटनामा परेको हो । आज (आइतबार) दिउँसो ४ बजे भएको सो दुर्घटनामा २३ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरी चौकी जुगेडीका प्रहरी नायव निरीक्षक सुरेश पालले जानकारी दिए ।

घाइतेमध्ये १७ जनाको पुरानो मेडिकल कलेज भरतपुर र ६ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । बसले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको सो बसमा सवार यात्रुले बताएका छन् ।