वडा अध्यक्षका बेपत्ता छोरा मृत अवस्थामा भेटिए • Image Khabar Image Khabar


वडा अध्यक्षका बेपत्ता छोरा मृत अवस्थामा भेटिए


Imagekhabar
६ फाल्गुन २०७४, आईतवार १९:४०

वडा अध्यक्षका बेपत्ता छोरा मृत अवस्थामा भेटिए

घर नजिकै पर्ने गुलडीहवाको निसवा स्कुल पढ्न जाँदै गर्दा बाटोबाटै हराएका मोहम्मद ऐमान आइतबार मृत अवस्थामा भेटिएका हुन् ।

ऐमानको शव आफ्नै घर नजिकैको पोखरीमा भेटिएको प्रहरीले बताएको छ । मृतक बालकको शरीरमा कुनै चोटपटक भने नलागेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए ।

मृतकका बाबु अर्थात वडा अध्यक्ष फत्तेहले आफ्नो छोरा हराएको नभई अपहरणमा परेको बताएका छन् । अपहरणकारीले नै आफ्नो छोराको हत्या गरेको उनले दावी गरे ।

ऐमानको शव आफ्नै घरभित्रै ढोका लगाएर राखिएको छ । आफन्त तथा गाउँलेले अपहरणकारीको पहिचान गरि कडा कारवाहीको माग गर्दै घर वरिपरि पत्रकार एवं प्रहरीलाई प्रवेश निषेध गरेका छन् ।

आफन्तहरुले शवको पोष्टमार्टम गर्न प्रहरीलाई नदिने बताएका छन् । अहिले पिपरा गाउँको अवस्था तनावग्रस्त छ ।

प्रतिक्रिया दिनुहोस्