
आइतबा साँझ करिब छ बजेतिर ओली श्रीमती राधिका शाक्यसहित बालुवाटारमा भित्रिएका हुन् ।
सो अवसरमा नेपाली सेनाले सलामी दिएको थियो । प्रधानमन्त्री ओलीले पिपलको बोटमा पानी हाल्नुका साथै राष्ट्रिय झण्डामा पूजा गरेका थिए ।
सरकारी निवास प्रवेशपछि श्रीमती शाक्यलाई साँचो हस्तान्तरण गरिएको थियो ।
बालुवाटारमा प्रधानमन्त्रीको स्वागत गर्न एमाले सांसद तथा कार्यकर्ताहरुको भीड लागेको थियो ।
प्रतिक्रिया दिनुहोस्