आइतबार बेलुकी साढे ८ बजे ना३च ९८४० नम्बरको पिकअप भ्यानले बा२झ १३४४ नम्बरको सरकारी गाडीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका चितवनकै खैरहनी नगरपालिका ५ का वडाध्यक्ष विश्व विजय महतको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका सरकारी गाडीमा सवार खैरहनी नगरपालिका ४ का वडाध्यक्ष नरेन्द्र अधिकारी र चालक खैरहनी १२ का राजकुमार अधिकारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटना पश्चात फरार रहेका भ्यान चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्