अर्का वडाध्यक्ष अधिकारीको पनि मृत्यु, फरार चालक पक्राउ • Image Khabar Image Khabar


अर्का वडाध्यक्ष अधिकारीको पनि मृत्यु, फरार चालक पक्राउ


Imagekhabar
७ फाल्गुन २०७४, सोमबार १४:४९

अर्का वडाध्यक्ष अधिकारीको पनि मृत्यु, फरार चालक पक्राउ

चितवन मेडिकल कलेजमा उपचारकाक्रममा सोमबार बिहान १०ः१५ बजे खैरहनी नगरपालिका–४ का वडाध्यक्ष नरेन्द्र अधिकारीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

आइतबार राति ८ः३० बजे भएको सो दुर्घटनामा परी सोही नगरपालिका–५ का वडाध्यक्ष विश्वविजय बस्नेतको राति नै मृत्यु भएको थियो ।

खैरहनीबाट रत्ननगरतर्फ आउँदै गरेको ना३च ९८४० नम्बरको तरकारी बोक्ने पिकअप भ्यान र विपरीत दिशाबाट जाँदै गरेको खैरहनी नगरपालिकाको बा२झ १३४४ नम्बरको गाडी एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका एकजना सवारीचालक खैरहनी–१२ का राजकुमार अधिकारीको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फरार रहेका तरकारी बोक्ने गाडीका चालक सुमन अर्याल चितवनको सूर्यपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्