२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


दाहालले गरे आन्तरिक छलफल


0
Shares

पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका शीर्ष नेताहरुसँग सोमबार आन्तरिक छलफल गरेका हुन् ।

अध्यक्ष दाहालको निवास खुमलटारमा सोमबार भएको अनौपचारिक छलफलमा एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने गरी कुराकानी भइरहेको शीर्ष नेतालाई जानकारी गराएका थिए ।

बैठकमा सहभागी नेताहरुकाअनुसार अध्यक्ष दाहालले आइतबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको एक्लाएक्लै छलफलमा भएको प्रगतिबारे जानकारी गराएका थिए ।

एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक सोमबारै बस्दैछ ।

माओवादी केन्द्रका नेता जनार्दन शर्माकाअनुसार पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने गरी कुराकानी भइरहेको छ ।

आइतबार प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच करिब पाँच घन्टा छलफल भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २१ गते संघीय संसदको बैठक आह्वान गरेकी छन् ।

सो बैठकमा एकीकृत पार्टीकोरुपमा नै प्रस्तुत् हुने गरी तयारी भइरहेको बताइएको छ । रासस