१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


पञ्चकोसी परिक्रमा जलेश्वर आइपुग्यो


0
Shares

पञ्चकोसी परिक्रमाको धार्मिक लस्कर बाजागाजासहित पाँचौ गन्तव्यस्थल जलेश्वर आइपुगेको हो ।

मिथिलाको राजधानी जनकपुरलाई केन्द्रविन्दु मानेर १५ दिनसम्म यो परिक्रमा गर्ने गरिन्छ । परिक्रमा जनकपुरदेखि करिब पाँच कोसको दूरीमा रहेर गर्ने गरिन्छ ।

हरेक वर्ष फागुन कृष्णपक्षको औंसीदेखि सुरु भइ फागुन पूर्णिमासम्म पञ्चकोसी परिक्रमा मनाइन्छ ।

यस भेगकै लामो समय तथा लामो दूरीसम्म चल्ने ऐतिहासिक तथा धार्मिक परिक्रमाको आफ्नै महत्व र विशेषताहरु रहेको कारणले पनि यसमा सहभागी हुनेहरुको संख्यामा कमी आएको छैन ।

जनकपुरबाट सुरु भएको परिक्रमा जनकपुरमै पुगेर सम्पन्न हुन्छ ।