१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


क्यान्सरको औषधि नेपालमै उत्पादन हुने


0
Shares

यसैबीच नेपालमै क्यान्सरको औषधि उत्पादन गर्ने उद्देश्यका साथ एक भारतीय औषधि कम्पनी प्रवेश गरेको छ । तिजिग फर्मा प्रालि नामको कम्पनीले ३५ करोड ११ लाख रुपैयाँ लगानी गरी भक्तपुरमा औषधि उत्पादन प्लान्ट स्थापना गर्दैछ ।

कम्पनीले यसका लागि उद्योग विभागबाट स्वीकृतिसमेत लिइसकेको छ । क्यान्सर रोग उपचारमा प्रयोग हुने औषधि उत्पादन गर्ने यो नेपालमै पहिलो कम्पनी हुनेछ ।

स्वदेशी औषधि उत्पादकहरुले भने क्यान्सर प्रतिरोधी औषधि उत्पादन स्वदेशी मागका लागि मात्र हुन नसक्ने आशंका व्यक्त गरेका छन् । भारतीय कम्पनीले निर्यात गर्ने लक्ष्यका साथ लगानी गर्न लागेको हुन सक्ने उनीहरुको भनाइ छ । –नागरिक दैनिकबाट