
नियामक निकायको बेवास्ताका कारण सार्वजनिक यातायात मर्यादित बन्न नसकेको, भाडा तथा आरक्षणको व्यवस्थामा मनोमानी भएको गुनासो बढेपछि सार्वजनिक सवारीमा अनुगमन बढाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
जिल्ला सदरमुकाम जोड्ने मुख्य राजमार्गमा तोकिएकै दरको भाडा उठाउने गरिएको पाइए पनि कतिपय ग्रामीण रुटमा व्यवसायीले दोब्बर भाडा लिने गरेको यात्रुहरुको गुनासो छ । व्यवसायीले धनकुटा, भोजपुर, तेह्रथुम र संखुवासभा चल्ने यातायातका साधनले यात्रुलाई गन्तव्यसम्मको टिकट समेत उपलब्ध नगराउने गरेको गुनासो यात्रुको छ ।
प्रतिक्रिया दिनुहोस्