५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


सिरियाली विद्रोही नियन्त्रित क्षेत्रमा सेनाको कारवाही, ७७ सर्वसाधारण मारिए


0
Shares

सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्सका अनुसार हवाई र रकेट आक्रमणमा मारिनेमा २० जना बालबालिकासमेत छन् ।

सिरियाली सेनाले त्यस क्षेत्रमा स्थलगत आक्रमणको तयारी गरिरहेको विश्वास गरिन्छ । राजधानी दमास्कस नजिकको यो क्षेत्र विद्रोहीको नियन्त्रणमा रहेको अन्तिम क्षेत्र हो ।

बमबारी रोक्न आग्रह गर्दै संयुक्त राष्ट्रसंघका अधिकारीले परिस्थिति नियन्त्रण बाहिर गइरहेको बताएका छन् ।

यो महिनाको शुरुमा पनि सिरियाली सेनाले यस क्षेत्रमा आक्रमण गर्दा सयौं सर्वसाधारण मारिएका थिए । यसपछि अत्यावश्यक मानवीय सहायता सामग्री पु¥याउन दूर्लभ मानिएको युद्धविराम भएको थियो ।

करिब ४ लाख मानिसको बसोबास रहेको पूर्वी घाउटा सन् २०१३ देखि विद्रोहीको नियन्त्रणमा छ । (एजेन्सी)