पोखराको विजयपुरमा टाईम बम विष्फोट, पत्रकार पाण्डे र प्रहरी कुलबहादुर खत्री घाईते • Image Khabar Image Khabar


पोखराको विजयपुरमा टाईम बम विष्फोट, पत्रकार पाण्डे र प्रहरी कुलबहादुर खत्री घाईते


Imagekhabar
८ फाल्गुन २०७४, मंगलवार १२:५२

पोखराको विजयपुरमा टाईम बम विष्फोट, पत्रकार पाण्डे र प्रहरी कुलबहादुर खत्री घाईते

शंकास्पद बस्तु भनेर रिपोर्टिङ गर्न पुगेका पाण्डेको दाहिनेपट्टी टाउको र घाँटीमा चोट लागेको छ । पाण्डेसँगै एकजना प्रहरी जवान कुलबहादुर खत्री घाईते भएको प्रहरीले जनाएको छ ।

घाईतेको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । पत्रकार पाण्डे पोखराको गण्डकी मिडिया हाउसअन्तर्गत रेडियो गण्डकी र गण्डकी टेलिभिजनमा कार्यरत छन् ।

विप्लव माओवादीले आह्वान गरेको बन्दका क्रममा नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो । नागढुंगामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगे पनि विजयपुरमा केही समय लागेको थियो । त्यही क्रममा बम विष्फोट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्