५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


ट्रम्पपुत्र भारत भ्रमणमा


0
Shares

भारतको राजधानी नयाँदिल्लीमा हुन लागेको विश्व व्यापार सम्मेलनमा उनी सहभागी हुने भ्रमणतालिका रहेको छ । उनले भारतका अन्य सहरहरुको पनि भ्रमण गर्नेछन् ।

राष्ट्रपतिपुत्र ट्रम्पले भारतमा जग्गाको कारोबारसम्बन्धी दुईओटा परियोजना सुरु गर्ने भएका छन् । उनले राजधानी नयाँदिल्लीसँगै रहेको गुरगाउँ र कोलकातामा त्यस्ता परियोजना सुरु गर्न लागेका हुन् ।

भ्रमणकाक्रममा उनले भारतका कोलकाता, मुम्बई, पुणे र गुरगाउँमा भारतीय लगानीकर्ताहरु र व्यापारिक अगुवाहरुसँग भेटवार्ता गर्नेछन् ।

‘अमेरिकी राष्ट्रपति ट्रम्पपुत्रको यो व्यक्तिगत भ्रमण हो, त्यसैले भारत सरकारले पनि उहाँलाई त्यहीअनुसारको व्यवहार गरेको छ’–एक अधिकारीले भने । रासस/सिन्ह्वा